मत्ती 1:1-6
मत्ती 1:1-6 NNRV
अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली: अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता, यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता, सल्मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता, यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्नी थिइन्।

