लेवीहरू 12
12
सुत्केरीको शुद्धीकरण
1परमप्रभुले मोशालाई भन्नुभयो, 2“इस्राएलीहरूलाई भन्: ‘गर्भवती भएर छोरो जन्माउने स्त्री सात दिनसम्म अशुद्ध रहनेछे। रजस्वलाको दिनमा झैँ त्यो अशुद्धै रहनेछे। 3आठौँ दिनमा छोराका खलड़ीको खतना होस्। #उत १७:१२; लूक २:२१ 4त्यसपछि त्यो स्त्री आफ्नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्ति तेत्तीस दिनसम्म पर्खनुपर्छ, र शुद्ध हुने दिन पूरा नहोउञ्जेल त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन, अनि पवित्रस्थानभित्र पनि जानुहुँदैन। 5तर त्यसले छोरी जन्माई भने रजस्वलाको दिनमा झैँ दुई हप्तासम्म त्यो अशुद्ध हुनेछे, र आफ्नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्ति त्यो छयसट्ठी दिनसम्म पर्खनुपर्छ।
6“‘त्यसका शुद्ध हुने दिन पूरा भएपछि, छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले होमबलिको लागि एउटा एक वर्षे थुमा र पापबलिको लागि परेवाको एउटा बचेरो वा एउटा ढुकुर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्। 7पूजाहारीले परमप्रभुको सामुन्ने ती चढ़ाएर त्यसको निम्ति प्रायश्चित गर्नेछन्। अनि त्यो आफ्नो रगत-प्रवाहबाट शुद्ध ठहरिनेछे।
“‘स्त्रीले छोरा वा छोरी जन्माएपछि त्यसको लागि विधिहरू यी नै हुन्। 8थुमा ल्याउने त्यसको औकात छैन भने त्यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्ति र अर्को पापबलिको निम्ति ल्याओस्। यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यो शुद्ध ठहरिनेछे’।” #लूक २:२४
अहिले सेलेक्ट गरिएको:
लेवीहरू 12: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012