गिबोनीहरूसँग सम्झौता गरेको तीन दिनपछि नै उनीहरू त आफ्नै छिमेकी रहेछन्, र आफ्ना बीचमै रहनेहरू रहेछन् भन्ने कुरा इस्राएलीहरूले सुने। यसकारण इस्राएलीहरू हिँड़ेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीम रहेछन्। इस्राएलीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका थिए। सारा समुदाय नायकहरूका विरुद्धमा गनगनाउन लागे। तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, “हामीले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका छौं। यसकारण अब हामीले उनीहरूलाई छुन सक्दैनौं। हामीले यसै गर्नुपर्छ: हामी उनीहरूलाई जीवितै रहन दिनेछौं, नत्रता हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ।” अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरे भए।
यहोशू 9 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 9:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू