यहोशू 3:7-13
यहोशू 3:7-13 NNRV
अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “जसरी म मोशाको साथमा थिएँ त्यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु। करारको सन्दूक बोक्ने पूजाहारीहरूलाई तैंले यस्तो आज्ञा गर्नू, ‘तिमीहरू यर्दनका पानीको किनारमा आइपुग्नासाथ यर्दनमा खड़ा रहनू’।” यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र परमप्रभु तिमीहरूका परमेश्वरका वचन सुन। “जीवित परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ र उहाँले निश्चय नै तिमीहरूका सामुन्नेबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ। हेर, सारा पृथ्वीका परमप्रभुका करारको सन्दूक तिमीहरूका अगिअगि यर्दनमा जानेछ। अब इस्राएलका कुलहरूबाट बाह्र पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी छान। जब सारा पृथ्वीका परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरूका पैताला यर्दनको पानीमा पर्छ, त्यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिनेछ, र रास लागेर अड़िरहनेछ।”

