यहोशू 1:3-5

यहोशू 1:3-5 NNRV

मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्‍चिने सबै जग्‍गा म तँलाई दिनेछु। मरुभूमिदेखि लेबनानसम्‍म लिएर महानदी, अर्थात्‌ यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्‍मै देश— पश्‍चिमतिर महासागरसम्‍मै तिमीहरूको सिमाना हुनेछ। तेरो जीवनभरि तेरो सामुन्‍ने कोही मानिस खड़ा हुन सक्‍नेछैन। जसरी म मोशासँग रहें, त्‍यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्‌ने, अनि तँलाई त्‍याग्‍नेछैनँ।