हबकूक 2:1-3

हबकूक 2:1-3 NNRV

म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्‍नुहुन्‍छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्‍तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्‍नेछु। तब परमप्रभुले मलाई जवाफमा भन्‍नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्‍ट गरी लेख्, र समाचारवाहक त्‍यससित दौड्‌न सकोस्‌। किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्‍यसले अन्‍तको विषयमा बताउँछ र त्‍यो झूटो ठहरिनेछैन। त्‍यो पूरा हुन ढिलो भए तापनि त्‍यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ, त्‍यसले ढिलो गर्नेछैन।