प्रेरित 5:19-21
प्रेरित 5:19-21 NNRV
तर प्रभुका एउटा दूतले राती झ्यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्याएर भने, “जाओ र मन्दिरमा खड़ा भएर यस जीवनका सारा सन्देश मानिसहरूलाई सुनाओ।” यो सुनेपछि तिनीहरू एकाबिहानै मन्दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पूजाहारी र तिनीसँग हुनेहरू आए, र महासभा, अर्थात् इस्राएलीहरूको सम्पूर्ण सभाका सबैलाई बोलाए, र प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरू पठाए।

