२ इतिहास 2:1-6

२ इतिहास 2:1-6 NNRV

सोलोमनले परमप्रभुका नाउँको सम्‍झनाको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा महल निर्माण गर्ने अठोट गरे। तिनले सत्तरी हजार भारी बोक्‍नेहरू, असी हजार ढुङ्गा काट्‌नेहरू र तिनीहरूमाथि हेर-विचार गर्ने छत्तीस सय नाइकेहरूलाई नियुक्त गरे। सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए: “तपाईंले दया गरी मेरा पिता दाऊदलाई तिनको राजकीय निवासस्‍थान निर्माण गर्न देवदारुका काठहरू पठाइदिनुभएको थियो। अब मैले पनि परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न र उहाँको सामुन्‍ने सुगन्‍धित धूप बाल्‍न, र अर्पण गरिएको रोटी नित्‍य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्‍यो मन्‍दिर उहाँको निम्‍ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्‍ति यो एउटा अनन्‍तको विधि हो। “मैले निर्माण गर्न लागेको मन्‍दिर एउटा अत्‍यन्‍तै ठूलो भवन हुनेछ, किनभने हाम्रा परमेश्‍वर सबै देवताहरूभन्‍दा महान्‌ हुनुहुन्‍छ। तर स्‍वर्ग, अर्थात्‌ सर्वोच्‍च स्‍वर्ग नै उहाँको निम्‍ति सानो छ भने कसले उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्न सक्‍छ? उहाँको सामु बलिदान चढ़ाउनुबाहेक उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्ने म को हुँ र?