1
प्रेरितहरूका काम 2:38
पवित्र बाइबल
NERV
पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ।
तुलना
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:38
2
प्रेरितहरूका काम 2:42
ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए।
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:42
3
प्रेरितहरूका काम 2:4
तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:4
4
प्रेरितहरूका काम 2:2-4
अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो। तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो। तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:2-4
5
प्रेरितहरूका काम 2:46-47
तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे।
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:46-47
6
प्रेरितहरूका काम 2:17
‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु। तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:17
7
प्रेरितहरूका काम 2:44-45
सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे। विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे।
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:44-45
8
प्रेरितहरूका काम 2:21
अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:21
9
प्रेरितहरूका काम 2:20
घाम अन्धकारमय भई बद्लिने छ, अनि जुन रगत सरह रक्तिम हुनेछ। तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
अन्वेषण गर्नुहोस् प्रेरितहरूका काम 2:20
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू