परमप्रभुले मलाई यो उत्तर दिनुभयो, “म तँलाई के देखाउँछु, त्यो एउटा माटोको पाटीमा सफा गरी लेख् र एक नजरमा त्यो पढ्न सकियोस्। यो लेख् किनभने यो पूरा हुने समय अहिले होइन। तर त्यो समय चाँडै आउँदै छ र मैले देखाएको कुरा पूरा हुनेछ। त्यो समय आइपुग्न ढिलो होला तर पर्खी बस्, त्यो समय निश्चय आउनेछ र साह्रै ढिलो हुनेछैन।