1
लूका 10:19
नेपाली नयाँ संशोधित संस्करण
NNRV
मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।
तुलना
अन्वेषण गर्नुहोस् लूका 10:19
2
लूका 10:41-42
तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ। तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”
अन्वेषण गर्नुहोस् लूका 10:41-42
3
लूका 10:27
तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।”
अन्वेषण गर्नुहोस् लूका 10:27
4
लूका 10:2
उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।
अन्वेषण गर्नुहोस् लूका 10:2
5
लूका 10:36-37
येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?” तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर।”
अन्वेषण गर्नुहोस् लूका 10:36-37
6
लूका 10:3
जाओ, हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु।
अन्वेषण गर्नुहोस् लूका 10:3
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू