तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले। अनि तुरही, झ्याली र अरू बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई तिनीहरूले यसो भनेर गीतको आवाज निकाले:
“उहाँ असल हुनुहुन्छ,
किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।”
तब परमप्रभुको मन्दिर बादलले भरियो, अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्वरको मन्दिर परमप्रभुको महिमाले भरिएको थियो।