२ इतिहास 5:13-14
२ इतिहास 5:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले। अनि तुरही, झ्याली र अरू बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई तिनीहरूले यसो भनेर गीतको आवाज निकाले: “उहाँ असल हुनुहुन्छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” तब परमप्रभुको मन्दिर बादलले भरियो, अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्वरको मन्दिर परमप्रभुको महिमाले भरिएको थियो।
२ इतिहास 5:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तब याहवेहको मन्दिर बादलले भरियो; अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्वरको मन्दिर याहवेहको महिमाले भरियो।
२ इतिहास 5:13-14 पवित्र बाइबल (NERV)
मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले यसो भन्दै परमप्रभुको स्तुति गरे, “परमप्रभुको स्तुति गर, किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा-सर्वदा रहि रहन्छ।” तब परमप्रभुको मन्दिर बादलले भरियो। पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।
२ इतिहास 5:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जुनसुकै दलका भए पनि त्यहाँ हाजिर भएका सबै पूजाहारीहरू, आसाप, हेमान, यदूतून र उनका गोत्रका मानिसहरूले मिहिन सुतीका कपडा पहिरिएका थिए। लेवीहरू वेदीको पूर्वमा झ्याली र वीणाहरू लिएर खडा थिए। तिनीहरूसित तुरही बजाउने एक सय बीस जना पूजाहारी थिए। गीत गाउनेहरूलाई खुबै सुर र ताल मिलाएर तुरही, झ्याली र अरू बाजाहरूले साथ दिइरहेका थिए। गीत गाउँदै तिनीहरूले परमप्रभुको यसरी प्रशंसा गरे: “परमप्रभुको प्रशंसा गर किनभने उहाँ भला हुनुहुन्छ र उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” परमप्रभुका आँखा तिरमिराउने गरी चम्कने महिमाले गर्दा चहकिलो बादलले अचानक मन्दिर भरियो र तिनीहरूले आराधना कार्य गरिरहन सकेनन्।