1
उत्पत्ति 18:14
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
के परमप्रभुको निम्ति केही कुरो कठिन छ र? मैले भनेअनुसार नौ महिनापछि म फर्की आउनेछु अनि साराले एउटा छोरो जन्माउनेछे।”
Lee anya n'etiti ihe abụọ
Nyochaa उत्पत्ति 18:14
2
उत्पत्ति 18:12
यसैले सारा आफ्नो मनमा यसो भन्दै हाँसिन्, “म अब बुढी भएर थाकिसकेकी छु। के म अब यो सुख-भोग गर्न सकूँला र? अनि फेरि मेरा लोग्ने पनि त बुढा भइसकेका छन्।”
Nyochaa उत्पत्ति 18:12
3
उत्पत्ति 18:18
उसका सन्तानहरू एक महान् र सामर्थी जाति बन्नेछन् र ऊद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु।
Nyochaa उत्पत्ति 18:18
4
उत्पत्ति 18:23-24
परमप्रभुको छेउमा गएर अब्राहामले सोधे, “के तपाईंले साँच्चै निर्दोषहरूलाई पनि अपराधीहरूसितै नाश गर्नुहुन्छ? यदि त्यस सहरमा पचास जना निर्दोष मानिसहरू छन् भने पनि सारा सहरलाई नै नाश पार्नुहुनेछ? ती पचास जनालाई बचाउन के त्यस सहरलाई छोडिदिनुहुन्न?
Nyochaa उत्पत्ति 18:23-24
5
उत्पत्ति 18:26
परमप्रभुले उत्तर दिनुभयो, “मैले सदोममा पचास जना निर्दोष मानिसहरूलाई पाएँ भने तिनीहरूको खातिर म पूरा सहर नै छोडिदिनेछु।”
Nyochaa उत्पत्ति 18:26
Ebe Mmepe Nke Mbụ Nke Ngwá
Akwụkwọ Nsọ
Atụmatụ Ihe Ogụgụ Gasị
Vidiyo Gasị