उत्पत्ति 36
36
एसावका सन्तान
1एसाव (अर्थात् एदोम) को विवरण यही हो।
2एसावले कनानी स्त्रीहरूबाट हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, 3र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए।
4एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल, 5अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए।
6एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए। 7तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्न सकेन। 8यसकारण एसाव (अर्थात् एदोम) सेइरको पहाडी मुलुकमा बसोबास गरे।
9सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो।
10एसावका छोराहरूका नाम यिनै हुन्:
एसावकी पत्नी आदाका छोरा एलीपज र एसावकी पत्नी बासमतका छोरा रूएल।
11एलीपजका छोराहरू:
तेमान, ओमार, सपो, गाताम र कनज। 12एसावका छोरा एलीपजकी एउटी उपपत्नी पनि थिइन्; जसको नाम तिम्ना थियो, जसले तिनका निम्ति अमालेकलाई जन्माइन्। यिनीहरू एसावकी पत्नी आदाका नातिहरू थिए।
13रूएलका छोराहरू:
नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
14अनाकी छोरी र सिबोनकी नातिनी, ओहोलीबामाले एसावका निम्ति जन्माएका छोराहरू यिनै हुन्:
येऊश, यालाम र कोरह।
15एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्:
एसावका जेठा छोरा एलीपजका छोराहरू:
तेमान, ओमार, सपो, कनज, 16कोरह,#36:16 कोरह केही प्राचीन पा.लि.हरूमा यो नाम छैन। गाताम र अमालेक। यिनीहरू नै एदोममा भएका एलीपजका सन्तानका मुखियाहरू थिए; तिनीहरू आदाका नातिहरू थिए।
17एसावका छोरा रूएलका छोराहरू:
नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
18एसावकी पत्नी ओहोलीबामाका छोराहरू:
येऊश, यालाम र कोरह। यिनीहरू अनाकी छोरी ओहोलीबामा अर्थात् एसावकी पत्नीबाट आएका सन्तानका मुखियाहरू थिए।
19यिनीहरू एसाव (अर्थात् एदोम) का छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए।
20त्यस इलाकामा बस्ने होरीत सेइरका छोराहरू यिनै थिए:
लोतान, शोबाल, सिबोन, अना, 21दीशोन, एसेर, र दीशान। एदोम देशमा सेइरका यी छोराहरू होरीतवंशीका मुखियाहरू थिए।
22लोतानका छोराहरू:
होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
23शोबालका छोराहरू:
अल्बान, मानहत, एबाल, शपो र ओनाम।
24सिबोनका छोराहरू:
अय्या र अना। (यही अना हुन्, जसले आफ्ना पिता सिबोनका गधाहरू चराउँदै गर्दा जङ्गलमा तातो पानीको मूल#36:24 मूल भाषामा यसको अर्थ निश्चित छैन। पत्ता लाएका थिए।)
25अनाका सन्तानहरू:
दीशोन र अनाकी छोरी ओहोलीबामा।
26दीशानका#36:26 दीशोनको अर्को रूप दीशान हो। छोराहरू:
हेमदान, एश्बान, यित्रान र करान।
27एसेरका छोराहरू:
बिल्हान, जावान र अकान।
28दीशानका छोराहरू:
ऊज र अरान।
29यिनीहरू होरी जातिका मुखियाहरू थिए:
लोतान, शोबाल, सिबोन, अना, 30दीशोन, एसेर र दीशान।
यिनीहरू नै सेइर देशमा तिनीहरूका दलअनुसार होरी जातिका मुखियाहरू थिए।
एदोमका शासकहरू
31कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:
32बओरका छोरा बेला एदोमका राजा भए। तिनको सहरको नाम दिन्हावा राखियो।
33बेलाको मृत्युपछि, बोज्रामा बस्ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
34योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्ने हूशाम तिनको ठाउँमा राजा भए।
35हूशामको मृत्युपछि, मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
36हददको मृत्युपछि, मस्रेकामा बस्ने शम्ला तिनको ठाउँमा राजा भए।
37शम्लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
38शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
39अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद#36:39 केही प्राचीन पा.लि.हरूमा हदार पनि भनिएको छ। तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
40तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्:
तिम्ना, अल्वा, यतेत,
41ओहोलीबामा, एलाह, पीनोन,
42कनज, तेमान, मिब्सार,
43मग्दीएल र ईराम।
तिनीहरूले कब्जा गरेका देशमा तिनीहरूका बसोबासअनुसार एदोमका मुखियाहरू यिनै थिए।
एदोमीहरूका पुर्खा, एसावको वंशावली यही हो।
Praegu valitud:
उत्पत्ति 36: NCV
Tõsta esile
Kopeeri
Võrdle
Jaga
Kas soovid, et sinu esiletõstmised oleksid salvestatud kõigis sinu seadmetes? Registreeru või logi sisse
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.