Logo de la Biblia App
Ícono Búsqueda

जकरियाको पुस्तक 11

11
परमेश्वरले यहूदाको चारैतिर भएका देशहरूलाई दण्ड दिनुहुनेछ
1लबानोन, आफ्नो दैलोहरू खोल! किनभने आगो भित्र आउँछ,
अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
2बाशानका सल्लोको रूखहरू रूनेछन्,
किनकि देवदारका रूखहरू लडे।
महान् रूखहरू नष्ट गराइए।
बाशानका फलाँटका रूखहरू
त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।
3गोठालाहरू रूएको सुन!
तिनीहरूको महिमा नष्ट भएको छ।
जवान सिंहको गर्जन सुन,
यर्दन नदीको किनारको तिनीहरूको
बाक्लो जङ्गल उजाड़ गराइएको छ।
4परमप्रभु मेरा परमेशवर भन्नुहुन्छ, “ती भेंडा़हरूको रक्षागर, जसलाई मार्नेका निम्ति पालिएको छ। 5तिनीहरू जसले भेंडा़ किन्छन् तिनीहरूले भेंडा़लाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेंडा़लाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेंडा़हरूका निम्ति शोक मनाउँदैनन्। 6अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन।” परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोक्नेछैन।”
7त्यसरी मैले ती भेंडा़हरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेंडा़हरूको रेखदेख आरम्भ गरें। 8मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेंडा़हरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले। 9त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो नष्ट हुन चाहन्छन् नष्ट होऊन्। अनि जो बाँच्छन् तिनीहरूले एक-अर्काको मासु खानेछन्।” 10त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसँग मेरो करार रद्द गर्न यसो गरें। 11यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बुझे, यो परमप्रभुको समाचार थियो।
12तब मैले तिनीहरूलाई भनें, “यदि तिमी ज्याला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उनले तीसवटा चाँदीका टुक्रा दिए। 13त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ। 14तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।
15तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर। 16म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेंडा़हरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेंडा़हरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेंडा़हरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”
17हे मेरो बेक्कामको गोठालो तिमीले
मेरा भेंडा़हरूलाई त्यागिदियौ।
एउटा तरवारले उसको दाहिने पाखुरा
अनि उसको दाहिने आँखामा हिर्काउनेछ।
उसको पाखुरा बेक्कामको हुनेछ
अनि उसको दाहिने आँखा अन्धा हुनेछ।

Destacar

Copiar

Comparar

Compartir

None

¿Quieres guardar tus resaltados en todos tus dispositivos? Regístrate o Inicia sesión

Video de जकरियाको पुस्तक 11