Logo de la Biblia App
Ícono Búsqueda

नहूमको पुस्तक 3

3
निनवेको निम्ति नराम्रो समचार
1यो हत्याराहरूको शहरलाई
एकदमै नराम्रो हुनेछ!
निनवे शहर एकदमै झूटले भरिएको छ।
यो अन्य देशहरूबाट ल्याएको
सामानहरूले भरिएकोछ।
2तमीहरूले कोर्राको आवाज,
पाङ्ग्राहरूको आवाज,
घोडाहरूका दौड
अनि रथहरू दगुर्दै गरेको आवाजहरू सुन्दैछौ।
3घोड-सवारले आक्रमण गरिरहेकाछन्
र तिनीहरूका तरवारहरू चम्किरहेकाछन्,
तिनीहरूको भालाहरू चम्किरहेकाछन्।
त्यहाँ लाशको थुप्रो छ,
अनगन्ती लाशहरू छरिएका छन्,
मानिसहरू ती लाशहरूमा ठेस लागेर लरबराएका छन्।
4यी सबै निनवेको कारणले भएको हो।
निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदिन।
त्यसलाई अझै धेरै-धेरै चाहिन्छ।
उसले अझै धेरै देशमा आफूलाई बेच्यो
अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।
5सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“हे निनवे म तिम्रो बिरूद्धमा छु।
म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु।
सबै राष्ट्रहरूलाई म तिम्रो नग्नता देखाईदिनेछु।
ती राष्ट्रहरूले तिम्रो लाज हेर्नेछन्।
6म तिमीमाथि घृणा लाग्दा चिजहरू फ्याँकिदिनेछु।
म तिमीलाई घृणित ब्यवहार गर्नेछु।
मानिसले तिमीलाई देखेर हाँस्ने छन्।
7प्रत्येक जसले तिमीलाई देख्नेछन् ती छक्क पर्नेछन्।
तिनीहरूले भन्नेछन्, ‘निनवे नष्ट भयो!
उसका निम्ति को रून्छ?’
म जान्दछु कि निनवेलाई शान्तवना दिने
म कोही पनि भेट्नेछैन।”
8निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चारैतिर पानीथियो अनि अमोनले यो पानी स्वंयमलाई उनका शत्रुहरूबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्यो। 9कूश र मिश्रले अमोनलाई धेरै शक्ति दिए। त्यसलाई पूत अनि लिबियाको पनि समर्थन प्राप्त थियो। 10तर अमोन पराजि भयो। तिनका मानिसहरू कैदीबनाएर अर्को देशमा लगियो। गल्लीहरूको कुनामा शत्रुका सैनिकहरूले उसका साना-साना नानीहरूलाई पछारेर टुक्रा-टुक्रा पार्यो। कुन मानिसले उसका कुन महत्वपूर्ण मानिसलाई कमारा बनाउन सक्छ, त्यो हर्ने चिठ्ठा हाले। अमोनका सबै महत्वपूर्ण मानिसहरूलाई उनीहरूले साङ्गलाले बाँधे।
11यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ। 12तर निनवे, तिम्रो सबै बलियो ठाउँहरू नेभाराको रुखहरू जस्तै हुनेछ। नयाँ नेभाराको फल पाक्नेछ, कुनै एउटा मानिस आएर बोट हल्लाई दिन्छ र सबै नेभारा त्यो मानिसको मुखमा खस्छ। त्यसले सबै खान्छ र सबै सकिन्छ।
13निनवे तिम्रो सबै मानिसहरू, स्त्रीहरू जस्तै छन् अनि तिनीहरूलाई लान शत्रुका सैनिकहरू तयार छन्। तिम्रो भूमिका फाटकहरू तिम्रो शत्रुहरूका निम्ति खुल्लाछन् अनि तिनीहरू भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरू जलाएर ध्वंश पारेकाछन्।
14तिमी पानी जम्मागर, आफ्नो शहरभित्र जम्मा राख। किनकि शत्रुका सेनाले तिमीहरूका शहरहरू घेर्नेछन्। तिनीहरूले शहर भित्र कसैलाई पनि खाना अथवा पानी ल्याउँन दिनेछैनन्। आफ्नो सुरक्षा बलियो बनाऊ। अनि धेरै ईंटा बनाउनको निम्ति माटो जम्मा गर। ईंटा बनाउनको लागि मसला मिसाऊ अनि साँचो ठिक पार। 15तिमी यी सबै कामहरू गर्न सक्छौ तर फेरि आगोले तिमीलाई पूर्ण रूपले ध्वंश पार्नेछ। अनि तरवारले तिमीलाई मार्नेछ। तिम्रो केही भूमि यस्तो देखा पर्नेछ मानौ केही सलहहरू आएकाछन् र यसको हर चिज खाईदिएका छन्।
निनवे तिमी लगातार बढ्दै गयौ तिमी फट्याङ्ग्राको हूल झैं भयौ। तिमी सलहको हूल झैं थियौ। 16तिम्रो ब्यापारिको (जो बिभिन्न ठाउँमा गएर सामानहरू किन्छन् तिनीहरूको) संख्या बढेकोछ। तिनीहरू आकाशका ताराहरू जस्तै धोरै भएकाछन्। तिनीहरू सलहको हूल जस्तै भएकाछन् जसले प्रत्येक वस्तु समाप्त नहुन्जेल सम्म खान्छन् अनि त्यस पछि जान्छन्। 17अनि तिम्रो राज्यका अधिकारीहरू, सलहहरू जस्तैछन्। यी ती सलहहरू जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गर्मी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिम्रो अधिकारीहरू पनि यस्तै छन्।
18हे अश्शूरका राजा, तिम्रो गोठालाहरू निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरू आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरू पर्वतमा घुमिरहेकाछन्। तिनीहरूलाई फर्काएर ल्याउने कोही छैन्। 19निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरू निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरू सबैले ताली बजाउँछन्। उनीहरू सबै प्रसन्न हुन्छन्। किनभने उनीहरू सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरूले उनीहरूलाई सधैँ दुःख दिने गर्थ्यौ।

Destacar

Copiar

Comparar

Compartir

None

¿Quieres guardar tus resaltados en todos tus dispositivos? Regístrate o Inicia sesión

Video de नहूमको पुस्तक 3