1
रोमी 4:20-21
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
परमेश्वरको प्रतिज्ञामा अविश्वास गरी विचलित भएनन्, तर परमेश्वरलाई महिमा दिँदै तिनी आफ्ना विश्वासमा झन् बलिया भए। परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्ण रूपले निश्चित थिए।
موازنہ
تلاش रोमी 4:20-21
2
रोमी 4:17
यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्वरमाथि विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।
تلاش रोमी 4:17
3
रोमी 4:25
उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।
تلاش रोमी 4:25
4
रोमी 4:18
आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।
تلاش रोमी 4:18
5
रोमी 4:16
यसकारण प्रतिज्ञा विश्वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्चित होस्। व्यवस्था मान्नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्वास गर्नेहरूलाई पनि हो। किनकि उनी हामी सबैका पिता हुन्।
تلاش रोमी 4:16
6
रोमी 4:7-8
“तिनीहरू धन्य हुन्, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो, जसको पापको लेखा प्रभुले कहिल्यै राख्नुहुन्न।”
تلاش रोमी 4:7-8
7
रोमी 4:3
धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्वरलाई विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”
تلاش रोमी 4:3