1
रोमी 14:17-18
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। किनभने जसले ख्रीष्टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ।
موازنہ
تلاش रोमी 14:17-18
2
रोमी 14:8
यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ।
تلاش रोमी 14:8
3
रोमी 14:19
हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ।
تلاش रोमी 14:19
4
रोमी 14:13
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।
تلاش रोमी 14:13
5
रोमी 14:11-12
धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जीवित भएझैँ,’ प्रभु भन्नुहुन्छ, ‘मेरो सामु हरेक घुँडा टेकिनेछ; हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ ” यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।
تلاش रोमी 14:11-12
6
रोमी 14:1
विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर।
تلاش रोमी 14:1
7
रोमी 14:4
अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्; किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।
تلاش रोमी 14:4