प्रस्थानको पुस्तक 17
17
चट्टानबाट पानी
1सीनैको मरुभूमिबाट सबै इस्राएली दलसँगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन। 2यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”
मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”
3तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून् भनी लिएर आएका हौ?”
4अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”
5परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसँगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ। 6म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”
मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे। 7मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।
अमालेकी मानिसहरूसँग युद्ध
8रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे। 9यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीहरूलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्री रहनेछु।”
10यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए। 11केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।
12केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउन्जेलसम्म माथि उठाई राखे। 13यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।
14तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”
15तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।” 16मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैँ गर्नु हुन्छ।”
ที่ได้เลือกล่าสุด:
प्रस्थानको पुस्तक 17: NERV
เน้นข้อความ
คัดลอก
เปรียบเทียบ
แบ่งปัน
ต้องการเน้นข้อความที่บันทึกไว้ตลอดทั้งอุปกรณ์ของคุณหรือไม่? ลงทะเบียน หรือลงชื่อเข้าใช้
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International