उत्पत्ति 39
39
योसेफ र पोतीफरकी स्वास्नी
1इश्माएलीहरूले योसेफलाई मिश्रमा लगेर पोतीफरको हातमा बेचिदिएका थिए। तिनी राजाका अधिकृत अनि राजमहलको पहरेदारहरूका कप्तान थिए। 2#प्रेरित 7:9परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र त्यहाँ उनलाई फलिफाप भयो। उनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। 3परमप्रभु योसेफसित हुनुहुन्छ र तिनले हात हालेको काममा सफल हुन्छन् भनी पोतीफरले देखे। 4पोतीफर योसेफसित प्रसन्न थिए र उनलाई आफ्नो निज चाकर बनाए। आफ्नो घर र त्यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्मामा दिए। 5त्यस समयदेखि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरमा आशिष् दिनुभयो। तिनको घरबार, खेतबारी र त्यहाँ भएका सबै कुरामाथि परमेश्वरले आशिष् दिनुभयो। 6आफूसँग भएका सबै थोक पोतीफरले योसेफलाई जिम्मा लाइदिए र आफूले खाने भोजनबाहेक अरू कुनै कुराको वास्ता राख्दैनथे।
योसेफ लायकको र हेर्नमा सुन्दर थिए। 7केही समयपछि मालिककी स्वास्नीले उनलाई मन पराउन लागिन् र आफूसित सुत्न बोलाइन्। 8उनी मानेनन् र भने, “हेर्नुहोस्, म यहाँ भएकोले मालिकले घरको केही कुराको फिक्री गर्नुहुन्न। आफ्नो सबै थोक उहाँले मेरै जिम्मामा दिनुभएको छ। 9यस घरमा मालिकको बराबर मेरो अधिकार छ। तपाईंबाहेक अरू सबै थोक उहाँले मलाई दिनुभएको छ। यस्तो दुष्ट काम गरेर म कसरी परमेश्वरको विरुद्धमा पाप गर्न सक्छु?” 10तिनले दिनदिनै योसेफलाई बोलाउँथिन् तर योसेफ तिनीसित सुत्न मान्दैनथे।
11तर एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र पसेको बेलामा त्यहाँ घरको अरू चाकर कोही थिएन। 12तिनले योसेफको लुगा समातेर भनिन्, “मसँग सुत्न आऊ।” तर उनी फुत्केर घरबाट भागे। उनको लुगा मालिक्नीकै हातमा थियो। 13त्यसरी आफ्ना लुगा छोडी योसेफ घरबाट भागेको देखी 14तिनले घरको चाकरहरूलाई बोलाएर भनिन्, “ल, यो हेर, मेरो स्वामीले ल्याएको यस हिब्रूले मेरो बेइज्जत गर्यो। त्यो मेरो कोठामा आएर जब्बरजस्ती मसित सुत्न खोज्यो। म जोडले चिच्च्याएँ।” 15म चिच्च्याएको सुनेर त्यो आफ्नो लुगा मेरो छेउमा छोडी भाग्यो।
16मालिक घर नआउञ्जेल तिनले योसेफको लुगा आफूसित राखिन्। 17त्यसपछि तिनले लोग्नेलाई त्यही कुरा सुनाइन्, “तपाईंले ल्याएको हिब्रू कमारोले मेरो कोठामा आएर मेरो बेइज्जती गर्यो। 18तर म चिच्च्याउँदा आफ्नो लुगा छेउमा छोडी त्यो बाहिर गयो।”
19योसेफका मालिक रिसले राँकिए। 20योसेफलाई पक्रेर तिनले राजाका कैदीहरू थुन्ने झ्यालखानमा हालिदिए। योसेफ झ्यालखानमा थुनुवा भएर बसे। 21#प्रेरित 7:9तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो। उहाँले तिनलाई आशिष् दिनुभयो र झ्यालखानको अधिकृत उनीसित प्रसन्न भए। 22तिनले योसेफलाई अरू जम्मै कैदीहरूमाथि नायक खटाए र झ्यालखानमा हुने सबै काम उनको जिम्मा लाइदिए। 23योसेफको खटनमा हुने कामको लागि अधिकृतले केही फिक्री गर्नुपर्दैनथ्यो किनभने परमप्रभु योसेफसित हुनुहुन्थ्यो र उनले हात हालेको सबै काममा उनलाई सफल तुल्याउनुहुन्थ्यो।
ప్రస్తుతం ఎంపిక చేయబడింది:
उत्पत्ति 39: सरल नेपाली
హైలైట్
షేర్ చేయి
కాపీ

మీ పరికరాలన్నింటి వ్యాప్తంగా మీ హైలైట్స్ సేవ్ చేయబడాలనుకుంటున్నారా? సైన్ అప్ చేయండి లేదా సైన్ ఇన్ చేయండి
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: