1
प्रेरित 17:27
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्न।
సరిపోల్చండి
प्रेरित 17:27 ని అన్వేషించండి
2
प्रेरित 17:26
अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो।
प्रेरित 17:26 ని అన్వేషించండి
3
प्रेरित 17:24
“यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्टि गर्नुहुने परमेश्वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्नुहुन्न।
प्रेरित 17:24 ని అన్వేషించండి
4
प्रेरित 17:31
किनकि उहाँले एउटा दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
प्रेरित 17:31 ని అన్వేషించండి
5
प्रेरित 17:29
“त्यसैले हामी परमेश्वरका सन्तान भएको कारण ईश्वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैँ, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन।
प्रेरित 17:29 ని అన్వేషించండి