कलस्सी पुस्‍तक परिचय

पुस्‍तक परिचय
पावलले यो पत्र कलस्‍सीमा भएको मण्‍डलीलाई लेखेका थिए। एफिससको पूर्वपट्टि पर्ने कलस्‍सी एशिया माइनरको एउटा सहर थियो। यहाँको मण्‍डली पावलद्वारा सुरु भएको त थिएन तर त्‍यो यस्‍तो इलाकामा पर्दथ्‍यो, जसको लागि पावलले आफूलाई जिम्‍मेवार ठान्‍दथे। उनले यस मण्‍डलीमा एफिससबाट सेवकहरू पनि पठाइदिएका थिए। कलस्‍सीको मण्‍डलीमा झूटा गुरुहरूले ईश्‍वर चिन्‍न र उहाँबाट पूरै मुक्ति पाउन कोही अरू “आत्‍माका शासक र शक्तिहरू” को पूजा गर्नुपर्छ भनेर कर लाउँथे। यो कुरा पावललाई पनि थाहा थियो। यो बाहेक यी गुरुहरूले मानिसलाई खतना गर्नुपर्छ, खानेकुरा र अरू कुराहरूमा पनि नियमहरू मान्‍नुपर्छ भन्‍ने उनीहरूको शिक्षा पालन गर्न लाउँथे।
पावलले कलस्‍सीहरूलाई त्‍यस्‍ता शिक्षाहरूको विरोधचाहिँ साँचो ख्रीष्‍टियान शिक्षाद्वारा गर्नू भनी पत्र लेखेका छन्। उनको जवाफको सार यस प्रकार छ: येशू ख्रीष्‍टले पूरै मुक्ति दिन सक्‍नुहुन्‍छ र यी अन्‍य धार्मिक मतहरू र रीतिले मानिसलाई खास गरी उहाँदेखि टाढा लैजान्‍छ। परमेश्‍वरले संसार ख्रीष्‍टद्वारा सृजनुभयो र उहाँद्वारै त्‍यसलाई उहाँले आफूमा खिच्‍नुहुन्‍छ। अनि ख्रीष्‍टमा भएर मात्रै संसारले मुक्तिको आशा गर्न सक्‍छ। पावलले तब विश्‍वासीहरूको जीवनलाई चाहिने यो महान् शिक्षाको महत्त्वको बारेमा बताउँछन्।
यो ध्‍यान दिनुपर्ने कुरा हो कि तुखिकसले पावलको यो पत्र कलस्‍सेमा लगेका थिए। तिनीसित लागेर जाने मानिस कमारा ओनेसिमस थियो, जसको खातिर पावलले फिलेमोनलाई पत्र लेखेका थिए।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-८
ख्रीष्‍टको स्‍वभाव र काम १:९—२:१९
ख्रीष्‍टमा भएको नयाँ जीवन २:२०—४:६
समाप्‍ति ४:७-१८

Označeno

Deli

Kopiraj

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi