1
एफिसी 6:12
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
हाम्रो लडाइँ मानिससँग होइन तर आकाशका शक्तिहरू, अन्धकार युगका शासकहरू, अधिकारीहरू र आकाशका दुष्ट आत्माका विरोधमा हो।
Primerjaj
Razišči एफिसी 6:12
2
एफिसी 6:18
सधैँ प्रार्थना गर, परमेश्वरको सहायता मागिबस। सबै समय पवित्र आत्माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्टका पवित्र जनहरूका लागि प्रार्थना गर।
Razišči एफिसी 6:18
3
एफिसी 6:11
शैतानका सबै युक्तिको सामना गर्न परमेश्वरले दिनुभएको उहाँका सबै हातहतियार भिर।
Razišči एफिसी 6:11
4
एफिसी 6:13
यसैकारण परमेश्वरका सबै हातहतियारहरू भिर। त्यसो हुँदा नराम्रो दिनमा दुष्ट आइलाग्दा त्यसलाई रोक्न सक्नेछौ र अन्तसम्म लडेर पनि तिमी खडा नै रहनेछौ।
Razišči एफिसी 6:13
5
एफिसी 6:16-17
विश्वासचाहिँ आफ्नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्यसपछि दुष्टका अग्निवाणहरू निभाउन सक्नेछौ। शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्माले दिनुभएको परमेश्वरको शिक्षारूपी तरवार भिरिराख।
Razišči एफिसी 6:16-17
6
एफिसी 6:14-15
यसकारण तयार भएर खडा रहो। सत्यलाई पेटीझैँ कम्मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। शान्ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ।
Razišči एफिसी 6:14-15
7
एफिसी 6:10
अन्तमा, तिमीहरू प्रभुमा उहाँको ठूलो शक्तिले शक्तिशाली होओ।
Razišči एफिसी 6:10
8
एफिसी 6:2-3
आफ्ना आमा-बुबाको आदर गर्नू भन्ने धार्मिक आज्ञामा मात्र यस्तो प्रतिज्ञा पनि छ: त्यसो हुँदा तिमीहरूको भलाइ हुनेछ र पृथ्वीमा धेरै दिन बाँच्नेछौ।
Razišči एफिसी 6:2-3
9
एफिसी 6:1
बालकहरू हो, आफ्ना आमा-बुबाले भनेको मान, यो परमेश्वरलाई मनपर्ने कुरो हो।
Razišči एफिसी 6:1
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki