YouVersion Logo
Search Icon

आश्चर्यजनक कथाहरु: येशु चङ्गाइकर्ताSample

आश्चर्यजनक कथाहरु: येशु चङ्गाइकर्ता

DAY 1 OF 5

बहिष्कृतलाई सहायता - येशुले कुष्ठरोगीलाई निको पार्नुभयो

एक जना मानिस कुष्ठरोगीहरू रहेको शिविरमा जान्छ, जहाँ एक नियमित आगन्तुकले उसलाई तिमि यहाँ किन आएको भनेर सोध्छिन्।

त्यसपछि उसले उनलाई येशूले दिनुभएको चंगाईको कथा सुनाउँछ जसले उसको जीवनको दिशा र उद्देश्यलाई सधैंका लागि परिवर्तन गरिदियो।

यो कथा मर्कुश १:३९–४५ अनुसार प्रस्तुत गरिएको हो। यस कथाको समानान्तर घटनाहरू मत्ती ८:१–४ र लूका ५:१२–१६ मा पनि भेटिन्छन्।

येशूले कुष्ठरोग लागेको मानिसलाई छोएर परम्परागत शुद्धताको नियमहरू तोड्नुहुन्छ।

येशूको यो कार्य त्यस व्यक्ति र त्यसको अवस्थाप्रति देखाईएको गहिरो करुणाको एक प्रतीक हो, साथै कुष्ठरोगमाथि येशूको सामर्थ्यको प्रमाण पनि हो।

ध्यान दिनुपर्ने प्रश्नहरू:

१. तपाईंको विचारमा, त्यो मानिस शुद्ध भएको र आफ्नो घर फर्कन सक्ने भएको देख्दा उसका परिवार र साथीहरूले कस्तो महसुस गरे होलान्?

२. के तपाईंलाई लाग्छ, उसका परिवार र साथीहरूले उसले पाएको चङ्गाइको कारण येशूमाथि विश्वास गरे होलान्?

३. तपाईंको विचारमा, चङ्गाइ प्राप्त गरेपछि उसले कुष्ठरोगीहरूको शिविरमा रहेका आफ्ना साथीहरूप्रति कस्तो व्यवहार गर्‍यो होला?

४. यदि तपाईंका केही साथीहरू बिरामी हुन्थे र येशू नजिकै हुनुहुन्थ्यो भने, के तपाईं तिनीहरूलाई येशूकहाँ लगेर र चङ्गाइको लागि अनुरोध गर्नुहुन्थ्यो?

Scripture

About this Plan

आश्चर्यजनक कथाहरु: येशु चङ्गाइकर्ता

येशूले पृथ्वीमा हुँदा मानिसहरूलाई कसरी निको पार्नुभयो भन्ने बारेको एउटा छोटो एनिमेटेड भिडियोले पाँच-भागको योजनामा रहेको नयाँ नियमको कथा प्रत्येक दिन बताउँछ।

More

Related Plans