YouVersion Logo
Search Icon

आचर्यजनक कथाहरू: येशू मानिसको रूपमाSample

आचर्यजनक कथाहरू: येशू मानिसको रूपमा

DAY 1 OF 5

इतिहासको पाठ - येशूको जन्म

इतिहासको पाठ - येशूको जन्म

एक गोठालाले येशू ख्रीष्टको जन्मको कथा सुनाउँछ र कसरी स्वर्गदूतहरूले यो आनन्दको सु- सन्देश संसारलाई सुनाए भन्ने कुरा वर्णन गर्छ। उनले यो कथा लूका नामक व्यक्तिलाई सुनाउछन, जसले येशूको जीवनबारे पुस्तक लेखिरहेका छन्।

यधपी येशू पूर्ण रूपमा परमेश्वर हुनुहुन्थियो , उहाँ पूर्ण रूपमा मानिस पनि हुनुहुन्थ्यो। उहाँ बालकको रूपमा पृथ्वीमा आउनुभयो र हामीहरु जस्तै जवान व्यक्तिका रूपमा हुर्किनुभयो।

गोठालाहरूको यो कथा लूका २:८–२० मा मात्र उल्लेख गरिएको छ, र बाइबलका अरू तीनवटा सुसमाचारहरूमा पाइँदैन।

लूकाले येशूको जन्मका लागि संसारलाई तयार पार्न स्वर्गदूतहरूले गरेका तीनवटा भ्रमणहरूको वर्णन गरेका छन्। ती स्वर्गदूतहरूले ज़करिया (बप्तिस्मा दिनेयुहन्नाका पिता), मरियम, र गोठालाहरूसँग भेट गरे। लूकाले प्रायः येशूलाई भेट्ने र उहाँको शिक्षा सुन्ने साधारण मानिसहरूको कथाहरू र तिनीहरूको प्रतिक्रियालाई समावेश गर्छन्।

विचार गर्नुपर्ने प्रश्नहरू:

१. जब स्वर्गदूत पहिलो पटक गोठालाहरूको अगाडि देखा परे, त्यतिबेला उनीहरूले कस्तो महसुस गरे होलान्?

२. तपाईंलाई के लाग्छ, किन परमेश्वरले आफ्नो पुत्रको जन्मको सन्देश दिन गोठालाहरुलाई चुन्नुभयो? धार्मिक अगुवाहरूलाई किन चुन्नु भएन?

३. जब गोठालाहरू बालक येशूलाई हेर्न आए र स्वर्गदूतको भ्रमणको कुरा सुनाए, तब यूसुफ र मरियमले कस्तो महसुस गरे होलान्?

४. तपाईंलाई के लाग्छ कोहि गोठालाहरू येशूका अनुयायी बने होलान्?

Scripture

About this Plan

आचर्यजनक कथाहरू: येशू मानिसको रूपमा

आचर्यजनक कथाहरू बाइबलका कथाहरूमा आधारित एनिमेटेड भिडियोहरूको एक श्रृंखला हो, जसले पूरै बाईनबलमा रहेको परमेश्वरको उद्धारको कथालाई प्रस्तुत गर्छ। यो एक छोटो एनिमेटेड भिडियोले येशूले पृथ्वीमा रहँदा आफ्नो मानवता कसरी देखाउनुभयो भन्ने कुरा दर्शाउँछ, र पाँच भागको योजनामा रहेको नयाँ करारको एउटा कथा प्रत्येक दिन सुनाउँछ।

More

Related Plans