Zephaniah 3:14-20

सपन्‍याह 3:14-20 - हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्‍पूर्ण हृदयले रमाहट गर्‌! तेरो दण्‍ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्‍छ। अब उप्रान्‍त तैंले कुनै खराबीको डर मान्‍नुपर्दैन। त्‍यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्‍नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्‌। परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।
“नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्‍ति भार र लाज हुन्‌। तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्‍यवहार गर्नेछु। म लङ्गड़ालाई छुटाउनेछु, र छरपष्‍ट भएकाहरूलाई म जम्‍मा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्‍मान दिनेछु। त्‍यस बेला म तिमीहरूलाई जम्‍मा गर्नेछु, र त्‍यस बेला म तिमीहरूलाई घरमा ल्‍याउनेछु। जब म तिमीहरूको सौभाग्‍य तिमीहरूकै नजरको सामुन्‍ने फर्काएर ल्‍याउनेछु, तब पृथ्‍वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्‍मान र प्रशंसा दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्‍पूर्ण हृदयले रमाहट गर्‌! तेरो दण्‍ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्‍छ। अब उप्रान्‍त तैंले कुनै खराबीको डर मान्‍नुपर्दैन। त्‍यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्‍नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्‌। परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ। “नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्‍ति भार र लाज हुन्‌। तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्‍यवहार गर्नेछु। म लङ्गड़ालाई छुटाउनेछु, र छरपष्‍ट भएकाहरूलाई म जम्‍मा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्‍मान दिनेछु। त्‍यस बेला म तिमीहरूलाई जम्‍मा गर्नेछु, र त्‍यस बेला म तिमीहरूलाई घरमा ल्‍याउनेछु। जब म तिमीहरूको सौभाग्‍य तिमीहरूकै नजरको सामुन्‍ने फर्काएर ल्‍याउनेछु, तब पृथ्‍वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्‍मान र प्रशंसा दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

सपन्‍याह 3:14-20

Zephaniah 3:14-20