Zechariah 14:3-9

जकरिया 14:3-9 - तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्‍केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ। त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्, अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। तिमीहरू मेरो पर्वतको खोल्‍साबाट भएर भाग्‍नेछौ, किनकि त्‍यो आसेलसम्‍म फैलिनेछ। यहूदाका राजा उज्‍जियाहको पालोमा आएको भूकम्‍पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्‍नेछौ। तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।
त्‍यस दिन न त उज्‍यालो हुनेछ, न ठन्‍डा हुनेछ न तुसारो पर्नेछ। त्‍यस दिनमा रात हुनेछैन, त्‍यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले जान्‍नुहुन्‍छ। जब साँझ पर्छ, तब उज्‍यालै रहनेछ।
त्‍यस दिन यरूशलेमबाट जिउँदो पानी निस्‍केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्‍चिमको समुद्रतिर बगिनिस्‍कनेछ, हिउँद र वर्षामा नित्‍य बगिरहनेछ।
परमप्रभु समस्‍त पृथ्‍वीका राजा हुनुहुनेछ। त्‍यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।

तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्‍केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ। त्‍यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्‍नेछन्, अनि पूर्वदेखि पश्‍चिमसम्‍म जैतून डाँड़ाको बीचमा धाँदो फाट्‌नेछ, र त्‍यहाँ एउटा ठूलो खोल्‍सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। तिमीहरू मेरो पर्वतको खोल्‍साबाट भएर भाग्‍नेछौ, किनकि त्‍यो आसेलसम्‍म फैलिनेछ। यहूदाका राजा उज्‍जियाहको पालोमा आएको भूकम्‍पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्‍नेछौ। तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ। त्‍यस दिन न त उज्‍यालो हुनेछ, न ठन्‍डा हुनेछ न तुसारो पर्नेछ। त्‍यस दिनमा रात हुनेछैन, त्‍यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले जान्‍नुहुन्‍छ। जब साँझ पर्छ, तब उज्‍यालै रहनेछ। त्‍यस दिन यरूशलेमबाट जिउँदो पानी निस्‍केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्‍चिमको समुद्रतिर बगिनिस्‍कनेछ, हिउँद र वर्षामा नित्‍य बगिरहनेछ। परमप्रभु समस्‍त पृथ्‍वीका राजा हुनुहुनेछ। त्‍यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।

जकरिया 14:3-9

Zechariah 14:3-9