Ruth 1:15-18

तब नाओमीले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।” रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीँ मर्नेछु, र त्यहीँ नै गाड़िनेछु। मृत्युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्यवहार गरून्।” रूथले आफूसँग जाने दृढ़ सङ्कल्प गरेकी देखेर नाओमीले अरू केही भनिनन्।
रूथ 1:15-18