Romans 4:7-12

“तिनीहरू धन्यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्न।” के यो आशीर्वाद खतनावालहरूका निम्ति मात्र हो? कि बेखतनावालहरूका निम्ति पनि हो? अब्राहामको निम्ति त उनको विश्वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्दछौं। तब कसरी यो उनको निम्ति धार्मिकता गनियो? उनको खतना हुनभन्दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि। खतना नहुँदै विश्वासद्वारा पाउने धार्मिकताको चिन्ह वा छाप स्वरूप उनले खतना पाएका थिए। खतनाविनै विश्वास गरेर धर्मी गनिएका सबैका उनी पिता होऊन् भन्ने उद्देश्यले यो भएको हो। उनी ती खतनावालहरूका पनि पिता हुन्, जसका खतना भएको मात्र होइन, तर जसले विश्वासको त्यही नमूनालाई पछ्याउँछन्, जुन विश्वास खतना हुन अघि हाम्रा पिता अब्राहाममा थियो।
रोमी 4:7-12