Romans 15:4-9

रोमी 15:4-9 - अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं।
स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक।
यसकारण परमेश्‍वरका महिमाको निम्‍ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्‍दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्‍टि गर्नका निम्‍ति परमेश्‍वरको सत्‍यतालाई प्रकट गर्न ख्रीष्‍ट खतना भएकाहरूको दास बन्‍नुभयो, यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ,
“यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु,
र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”

अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं। स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक। यसकारण परमेश्‍वरका महिमाको निम्‍ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्‍दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्‍टि गर्नका निम्‍ति परमेश्‍वरको सत्‍यतालाई प्रकट गर्न ख्रीष्‍ट खतना भएकाहरूको दास बन्‍नुभयो, यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ, “यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”

रोमी 15:4-9

Romans 15:4-9