रोमी 1:19-23

रोमी 1:19-23 - परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ। उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्‍यवाद नै चढ़ाए, तर तिनीहरू आफ्‍ना विचारमा बेकम्‍मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्‍यारो भयो। बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।

परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ। उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्‍यवाद नै चढ़ाए, तर तिनीहरू आफ्‍ना विचारमा बेकम्‍मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्‍यारो भयो। बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।

रोमी 1:19-23

रोमी 1:19-23