Revelation 7:9-14

प्रकाश 7:9-14 - यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें। तिनीहरू उच्‍च सोरले कराए:
“सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”
अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे।
“आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद,
सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!”
धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?” अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।

यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें। तिनीहरू उच्‍च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।” अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे। “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!” धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?” अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।

प्रकाश 7:9-14

Revelation 7:9-14