Psalms 98:1-2

परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्ति उद्धारको काम गरेका छन्। परमप्रभुले गर्नुभएको उद्धार स्वयम् उहाँले प्रकट गर्नुभएको छ, र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
भजनसंग्रह 98:1-2