भजनसंग्रह 8:3-8

भजनसंग्रह 8:3-8 - जब म तपाईंको हातले बनाएको आकाशलाई,
र तपाईंले स्‍थापित गर्नुभएका जून
र ताराहरूमाथि विचार गर्छु,
मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?
तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो,
र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ—
सबै भेड़ाबाख्रा र गाई-गोरु
र वनका सबै पशुहरू,
आकाशका पक्षीहरू र समुद्रका माछाहरू
र समुद्रभित्र पौड़ने सबै जन्‍तुहरू।
भजनसंग्रह 8:3-8