हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्।
मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्,
र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्।
किनकि मेरा अपराधहरू म जान्दछु,
र मेरो पाप सदा मेरो सामुन्ने छ।