Psalms 47:1-6

हे सबै जाति हो, ताली बजाओ, उच्च स्वरले परमेश्वरको जय-जयकार गर। सर्वोच्च परमप्रभु कस्तो भययोग्य हुनुहुन्छ, सारा पृथ्वीका महान् राजा! उहाँले जातिहरूलाई हाम्रो अधीनमा ल्याउनुभयो, र मानिसहरूलाई हाम्रा पैतालामुनि पार्नुभयो। उहाँले हाम्रा निम्ति उत्तराधिकार छान्नुभयो, याकूबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला परमेश्वर आनन्दको ध्वनिसाथ माथि उक्लनुभएको छ, परमप्रभु तुरहीको आवाजसित जानुभएको छ। परमेश्वरको प्रशंसा गाओ, स्तुति गाओ। हाम्रा राजाको प्रशंसा गाओ, स्तुति गाओ।
भजनसंग्रह 47:1-6