भजनसंग्रह 46:1-7

भजनसंग्रह 46:1-7 - परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।
यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्‍वी उथलपुथल होस्‌, वा पर्वतहरू समुद्रको गर्भमा खसून्‌,
चाहे समुद्र गर्जोस्‌ र फीँज काढ़ोस्‌,
र चाहे त्‍यो उर्लेर आउँदा पर्वतहरू थर्कून्‌। सेला
एउटा नदी छ, जसका प्रवाहले परमेश्‍वरको नगर, अर्थात्‌ सर्वोच्‍च वास गर्नुहुने पवित्र स्‍थानलाई हर्षित तुल्‍याउँछ।
परमेश्‍वर त्‍यसभित्र हुनुहुन्‍छ, त्‍यो खस्‍नेछैन। झिसमिसेमै परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ।
जाति-जातिहरूमा कोलाहल छ, राज्‍यहरू पतन हुन्‍छन्‌, उहाँले आफ्‍नो सोर उचाल्‍नुहुन्‍छ, पृथ्‍वी पग्‍लन्‍छ।
सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला

परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता। यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्‍वी उथलपुथल होस्‌, वा पर्वतहरू समुद्रको गर्भमा खसून्‌, चाहे समुद्र गर्जोस्‌ र फीँज काढ़ोस्‌, र चाहे त्‍यो उर्लेर आउँदा पर्वतहरू थर्कून्‌। सेला एउटा नदी छ, जसका प्रवाहले परमेश्‍वरको नगर, अर्थात्‌ सर्वोच्‍च वास गर्नुहुने पवित्र स्‍थानलाई हर्षित तुल्‍याउँछ। परमेश्‍वर त्‍यसभित्र हुनुहुन्‍छ, त्‍यो खस्‍नेछैन। झिसमिसेमै परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ। जाति-जातिहरूमा कोलाहल छ, राज्‍यहरू पतन हुन्‍छन्‌, उहाँले आफ्‍नो सोर उचाल्‍नुहुन्‍छ, पृथ्‍वी पग्‍लन्‍छ। सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला

भजनसंग्रह 46:1-7

भजनसंग्रह 46:1-7