Psalms 30:5-10

किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ, तर उहाँको निगाह आजन्म रहन्छ, आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ। सुरक्षित भएको समयमा, “म कहिल्यै डग्नेछैनँ” मैले भनें। हे परमप्रभु, तपाईंले निगाह गर्नुहुँदा, तपाईंले मेरा पहाड़लाई सुदृढ़ पार्नुभयो। तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, म दु:खित भएँ। हे परमप्रभु, मैले तपाईंलाई पुकारें, परमप्रभुमा नै दयाको निम्ति पुकारें। “म मृत-लोकमा गएँ भने मेरो नाशमा के लाभ हुन्छ? के धूलोले तपाईंको प्रशंसा गर्छ र? के त्यसले तपाईंको विश्वसनीयताको वर्णन गर्छ र? हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्, र ममाथि अनुग्रह गर्नुहोस्। हे परमप्रभु, तपाईं मेरो सहायक हुनुहोस्।”
भजनसंग्रह 30:5-10