Psalm 27:4-9

एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ। किनकि सङ्कष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ, र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु। हे परमप्रभु, जब म उच्च सोरले कराउँछु, तब सुन्नुहोस्, ममाथि कृपालु हुनुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु। तपाईंको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्, हे मेरा उद्धारकर्ता परमेश्वर!
भजनसंग्रह 27:4-9