Psalms 27:1-9

भजनसंग्रह 27:1-9 - परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु?
जब दुष्‍ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्‌छन्‌, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्‌, तिनीहरू ठक्‍कर खाएर जमिनमा लोट्‌नेछन्‌।
सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्‍यस बेला म पूरा आत्‍मविश्‍वास राख्‍नेछु।
एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ,
र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ,
र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ।
किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ।
तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ,
र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।
हे परमप्रभु, जब म उच्‍च सोरले कराउँछु, तब सुन्‍नुहोस्‌, ममाथि कृपालु हुनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌।
मेरो हृदयले तपाईंको विषयमा भन्‍दछ, “उहाँको मुहारको खोजी गर्‌।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।
तपाईंको मुहार मबाट नलुकाउनुहोस्‌, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्‌। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्‍कार नगर्नुहोस्‌, मलाई नत्‍याग्‍नुहोस्‌, हे मेरा उद्धारकर्ता परमेश्‍वर!

परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु? जब दुष्‍ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्‌छन्‌, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्‌, तिनीहरू ठक्‍कर खाएर जमिनमा लोट्‌नेछन्‌। सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्‍यस बेला म पूरा आत्‍मविश्‍वास राख्‍नेछु। एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ। किनकि सङ्कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्‍थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्‍च राख्‍नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ, र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु। हे परमप्रभु, जब म उच्‍च सोरले कराउँछु, तब सुन्‍नुहोस्‌, ममाथि कृपालु हुनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌। मेरो हृदयले तपाईंको विषयमा भन्‍दछ, “उहाँको मुहारको खोजी गर्‌।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु। तपाईंको मुहार मबाट नलुकाउनुहोस्‌, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्‌। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्‍कार नगर्नुहोस्‌, मलाई नत्‍याग्‍नुहोस्‌, हे मेरा उद्धारकर्ता परमेश्‍वर!

भजनसंग्रह 27:1-9

Psalms 27:1-9