Psalms 24:1-6

पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्। किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नुभएको छ, र पानीहरूको गहिराइमा त्यसलाई स्थापित गर्नुभएको छ। परमप्रभुको डाँड़ामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खड़ा हुन सक्छ? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन। त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले, हे याकूबका परमेश्वर, तपाईंको दर्शन खोज्दछन्। सेला
भजनसंग्रह 24:1-6