Psalm 19:7-14

भजनसंग्रह 19:7-14 - परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने।
परमप्रभुका नियमहरू ठीक छन्‌, हृदयलाई आनन्‍द गराउने। परमप्रभुका आज्ञाहरू उज्‍ज्‍वल छन्‌, आँखालाई प्रकाश दिने।
परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌।
सुनभन्‍दा पनि ती बढ़ी चाहना गर्ने योग्‍य छन्‌, निखुर सुनभन्‍दा पनि ज्‍यादै बढ़ी, चाकाबाट टप्‍कने महभन्‍दा बढ़ी गुलिया।
तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्‍नेछ।
आफ्‍ना भूलहरू कसले थाहा पाउन सक्‍छ? मेरा गुप्‍त दोषहरू क्षमा गर्नुहोस्‌।
आफ्‍नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्‍नुहोस्‌, तिनीहरूको प्रभुत्‍व ममाथि हुन नपाओस्‌। तब म निर्दोष हुनेछु,
र घोर अपराधहरूबाट म निर्दोष हुनेछु।
हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्‍द र मेरो हृदयका ध्‍यान तपाईंको दृष्‍टिमा ग्रहणयोग्‍य होऊन्‌।

परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने। परमप्रभुका नियमहरू ठीक छन्‌, हृदयलाई आनन्‍द गराउने। परमप्रभुका आज्ञाहरू उज्‍ज्‍वल छन्‌, आँखालाई प्रकाश दिने। परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌। सुनभन्‍दा पनि ती बढ़ी चाहना गर्ने योग्‍य छन्‌, निखुर सुनभन्‍दा पनि ज्‍यादै बढ़ी, चाकाबाट टप्‍कने महभन्‍दा बढ़ी गुलिया। तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्‍नेछ। आफ्‍ना भूलहरू कसले थाहा पाउन सक्‍छ? मेरा गुप्‍त दोषहरू क्षमा गर्नुहोस्‌। आफ्‍नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्‍नुहोस्‌, तिनीहरूको प्रभुत्‍व ममाथि हुन नपाओस्‌। तब म निर्दोष हुनेछु, र घोर अपराधहरूबाट म निर्दोष हुनेछु। हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्‍द र मेरो हृदयका ध्‍यान तपाईंको दृष्‍टिमा ग्रहणयोग्‍य होऊन्‌।

भजनसंग्रह 19:7-14

Psalm 19:7-14