Psalms 145:17-21

परमप्रभु आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्छ। परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक ज-जसले उहाँलाई सत्यतामा पुकार्दछन्। उहाँको भय मान्नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्छ, उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ, र तिनीहरूलाई बचाउनुहुन्छ। उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ। मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्नेछ। प्रत्येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्।
भजनसंग्रह 145:17-21