Psalms 133:1-3

दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। यो त शिरमा लगाइएको मूल्यवान् तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्मै बगेर जान्छ। त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष् खन्याउनुहुन्छ।
भजनसंग्रह 133:1-3