Psalm 122:1-9

भजनसंग्रह 122:1-9 - जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्‍दित भएँ।
ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्‌।
यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्‍तै छ।
इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्‍यहाँ जान्‍छन्‌।
त्‍यहाँ न्‍यायका सिंहासनहरू छन्‌, दाऊदको वंशका सिंहासनहरू त्‍यहाँ छन्‌।
यरूशलेमका शान्‍तिको निम्‍ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्‌,
तेरा पर्खालभित्र शान्‍ति होस्‌,
र तेरा किल्‍लाहरूभित्र सुरक्षा।”
मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्‍ति म भन्‍नेछु, “तिमीहरूमा शान्‍ति होस्‌।”
परमप्रभु हाम्रा परमेश्‍वरका भवनको खातिर म तेरो भलाइ नै खोज्‍नेछु।

जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्‍दित भएँ। ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्‌। यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्‍तै छ। इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्‍यहाँ जान्‍छन्‌। त्‍यहाँ न्‍यायका सिंहासनहरू छन्‌, दाऊदको वंशका सिंहासनहरू त्‍यहाँ छन्‌। यरूशलेमका शान्‍तिको निम्‍ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्‌, तेरा पर्खालभित्र शान्‍ति होस्‌, र तेरा किल्‍लाहरूभित्र सुरक्षा।” मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्‍ति म भन्‍नेछु, “तिमीहरूमा शान्‍ति होस्‌।” परमप्रभु हाम्रा परमेश्‍वरका भवनको खातिर म तेरो भलाइ नै खोज्‍नेछु।

भजनसंग्रह 122:1-9

Psalm 122:1-9