Psalm 121:1-5

पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन। साँच्ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्नुहुन्छ न सुत्नुहुन्छ। परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ।
भजनसंग्रह 121:1-5