Psalms 119:1-8

धन्यका हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन्। धन्यका हुन् तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्, र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्। तिनीहरूले कुनै अधर्म गर्दैनन्, उहाँका मार्गमा तिनीहरू हिँड्दछन्। तपाईंले आदेशहरू यस हेतुले दिनुभयो, कि हामी तिनलाई पूरा-पूरा पालन गरौं। तपाईंका विधिहरू पालन गर्नलाई, मेरो आचरण दृढ़ भइदिए कति असल हुनेथियो! तब तपाईंका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्नेथिइनँ। जब म तपाईंका धार्मिक नियमहरू सिक्तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु। म तपाईंका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्।
भजनसंग्रह 119:1-8