Psalm 116:1-8

भजनसंग्रह 116:1-8 - परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्‍नुभयो, करुणाको निम्‍ति मेरो पुकार सुन्‍नुभयो।
उहाँले आफ्‍नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्‍जेल उहाँको पुकार गर्नेछु।
मृत्‍युको बन्‍धनले मलाई अलमलाइदियो,
र चिहानको वेदना ममाथि आइपर्‍यो। दु:ख र शोकले मलाई छोप्‍यो।
तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्‌।”
परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्‍छ, हाम्रा परमेश्‍वर करुणाले पूर्ण हुनुहुन्‍छ।
परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्‍छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
फेरि एक पल्‍ट हे मेरो प्राण, तँ फेरि शान्‍त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ।
किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट,
र मेरा खुट्टालाई ठेस लाग्‍नबाट बचाउनुभएको छ

परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्‍नुभयो, करुणाको निम्‍ति मेरो पुकार सुन्‍नुभयो। उहाँले आफ्‍नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्‍जेल उहाँको पुकार गर्नेछु। मृत्‍युको बन्‍धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्‍यो। दु:ख र शोकले मलाई छोप्‍यो। तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्‌।” परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्‍छ, हाम्रा परमेश्‍वर करुणाले पूर्ण हुनुहुन्‍छ। परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्‍छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो। फेरि एक पल्‍ट हे मेरो प्राण, तँ फेरि शान्‍त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ। किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्‍नबाट बचाउनुभएको छ

भजनसंग्रह 116:1-8

Psalm 116:1-8