भजनसंग्रह 107:1-9

भजनसंग्रह 107:1-9 - परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।
परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्‌— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो,
तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो।
कोही मरुस्‍थलका उजाड-स्‍थान हुँदो अलमलिहिँड़े,
र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्‌।
भोक र प्‍यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो।
तब तिनीहरूले आफ्‍नो दु:खमा परमप्रभुको दुहाई गरे,
र उहाँले तिनीहरूलाई आपद्‌बाट छुटाउनुभयो।
उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्‍याएर एउटा सहरमा पुर्‍याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके।
तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति,
र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌।
किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्‍त पार्नुहुन्‍छ,
र भोकालाई उहाँले उत्तम पदार्थले सन्‍तुष्‍ट पार्नुहुन्‍छ।

परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ। परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्‌— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो, तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो। कोही मरुस्‍थलका उजाड-स्‍थान हुँदो अलमलिहिँड़े, र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्‌। भोक र प्‍यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो। तब तिनीहरूले आफ्‍नो दु:खमा परमप्रभुको दुहाई गरे, र उहाँले तिनीहरूलाई आपद्‌बाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्‍याएर एउटा सहरमा पुर्‍याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके। तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्‍त पार्नुहुन्‍छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्‍तुष्‍ट पार्नुहुन्‍छ।

भजनसंग्रह 107:1-9

भजनसंग्रह 107:1-9